महोत्तरी । महोत्तरीमा ठूलो परिणाममा लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेको छ । महोत्तरीमा २ सय १२ केजी लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गस्थित हेटौंडा उपमहानगरपालिका ३ तीनताप्के मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ३७६९ नम्बरको पिकअप भ्यानबाट उक्त परिणामको गाँजसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

बुधबार राति पिकअप भ्यानलाइ जाँच गर्दा त्रिपालले छोपेको अवस्थामा ३० वटा प्लाष्टकको पोकामा प्याक गरेको गाँजासहित महोत्तरी बर्दिवास ११ का ३६ वर्षीय राजजस यादव र १९ वर्षीय उज्वल गुर्मछान मगरलाइ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले घटना सम्बन्धमा लागुऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।

तपाईको प्रतिक्रिया