खोटाङ । खोटाङमा एक युवकले आफ्नै दाजुको दुबै हात छिनालेर फरार भएका छन् ।
केपिलासगिढि गाँउपालिका ७ सुङदेलका २२ बर्षिय बालकुमार राईले आफ्नै दाई २५ वर्षिय अष्ट बहादुर राईको गएराति करिब १ बजे दुबै हात काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घरायसी विवादका कारण घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरिएको छ । फरार रहेका बाल कुमारको खोजी कार्य शुरु गरिएको प्रहरी नायब उपरिक्षक राजकुमार केसीले जानकारी दिएका छन् ।
घाईते अष्ट बहादुुरको दिक्तेल बजारमा उपचार हुन नसकेपछि काठमाडौ रेफर गरिएको प्रहरीले जनाएको छ ।









