उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बिसनपुरमा औद्योगिक ग्राम निर्माणको मंगलवार शिल्यान्यास गरिएको छ । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले एक समारोहका बिच बिसनपुरको ६८ बिगाहा क्षेत्रफलमा औधोगिक ग्राम, कृषि अनुसन्धान केन्द्र, फोहोर ब्यवस्थापन तथा उर्जा उत्पादन एक साथ शिल्यन्यास गरेका हुन् ।
सो नवनिर्मित औद्योगिक ग्राममा अस्पताल, बिद्यालय, खेल मैदान, खानेपानी सहितको संरचना निर्माण हुने छ । गाईघाट बजार तथा तरकारी बजारबाट उत्पादित फोहोरलाई आधुनिक तरिकाले मल तथा अन्य सामान उत्पादन गर्ने लक्ष्य राखेको नगर प्रमुख चौधरीको भनाई रहेको छ । त्रियुगा नगरपालिकाले नगर क्षेत्र भित्र करिब १ हजार बिगाहा भन्दा बढी सार्वजनिक जग्गा पहिचान गरि संरक्षणको अभियान थालिएको बताए । सार्वजनिक जग्गामा आवश्यकता अनुरुप उद्योगहरु स्थापना गर्दैै लैजाने योजना रहेको नगर प्रमुख चौधरीले जानकारी दिए । नगरपालिकाले त्रियुगा सभ्यता र बिकासको अभियान थालि सकेको छ । त्रियुगा कोरिडोर निर्माण हुदैछ, त्रियुगा नदि नियन्त्रणका लागि ६ अरब ८४ करोडको डिपिआर निर्माण भई काम प्रारम्भ भई रहेको नगर प्रमुख चौधरीले टिप्पणी गरे ।
हिजोको राज्य ब्यवस्थामा धनि धेरै धनि हुदै जाने गरिब झन गरिब हुदै जाने थियो । त्यसलाई जोड्न लोकतन्त्र ल्याएकाछौं, लोकतन्त्रमा सबै समान हुन्छ, राज्यले पनि समृद्ध नेपाल, सुखि नेपालीको नारा अबलम्बन गरेकोछ ।


सोही अनुरुप हिजो जस्तो एउटा ब्यक्ति धनि भएर पुग्दैन् प्रत्येक ब्यक्ति धनि बन्नु पर्दछ । त्यसैले सबै ब्यक्तिले रोजगारी पाउनु पर्दछ । त्रियुगाको त्यसै नाम रहनु गएको होइन् यसको छुट्टै सभ्यता छ । आज त्रियुगा नदिसँग हाम्रो जीवन जोडिएकोछ, त्रियुगासँग हाम्रो आत्मा जोडिएकोछ, त्रियुगासँग हाम्रो घर ब्यवहार जोडिएकोछ, त्रियुगा नदिसँग हाम्रो संस्कृती र सभ्यता जोडिएकोछ नगर प्रमुख चौधरीको भनाई थियो ।
यस्तो पहिचान बोकेको त्रियुगालाई स्वच्छ, सफा, हराभरा बनाउने अभियानमा नगरपालिका लागि परेको औलाए । कुनै पनि फोहोर त्रियुगामा जानु दिनु हुदैन । औद्योगिक ग्राममा बिसनपुरबासीलाई पहिलो प्राथमिकता राखेर रोजगारी दिनेछौं । बिकासको अभियान सञ्चालन गर्दा स्थानीयबासीसँग सहकार्य र समन्वय गरेर काम गछौं, नगर प्रमुख चौधरीले भने । औद्योगिक ग्राम निर्माण हुने स्थान बिसनपुरबासीलाई फोहोर ब्यवस्थापनको लागि अबलोकन भ्रमणमा धनकुटा लैजाने र त्यहाँको अनुभव आदान प्रदान गरिने बताए । औद्योगिक ग्रामको नाममा बिसनपुरको कोही पनि बिस्थापित हुन नपर्ने र हरेक घरलाई रोजगारीको ग्यारेण्टी गरिने नगर प्रमुख चौधरीले बाचा दिए ।
आज चिन त्यसै चिन भएको होइन, बिकास तपाई हामी आफनो घरबाट सुरु गर्नु पर्दछ । त्रियुगा नदिलाई कन्चन, स्वच्छ बनाउन यहि चैत ३० गतेबाट नदि सफाई अभियान थालिने नगर प्रमुख चौधरीले जानकारी दिए । त्रियुगाको कालीखोलाबाट बिसनपुर सम्मको भागमा १ हजार मानिसको उपस्थितिमा नदि सफाई अभियान थालिने उनले घोषणा गरे । औद्योगिक ग्राम निर्माण स्थल बिसनपुर त्रिवेणीमा त्रियुगा माताको मन्दिर निर्माण गरि धार्मिक पर्यटनको बिकास गरिने योजना रहेको बताए ।
त्रियुगा नदि नियन्त्रणसँगै नदिको दुवै किरानामा निर्माण हुने बाँध माथि हरियाली ब्यवस्थापन गरिने लक्ष्य रहेको उल्लेख गरे । यो औद्योगिक ग्राम निर्माणपछि बिसनपुरबासी सम्पन्न हुनेछ ।


अन्त्यमा हावाहुरीले ठुलो क्षति पु¥याई मानबिय धन जनको क्षतिलाई सम्वेदना प्रकद गर्दै त्रियुगा नगरपालिकाको जनप्रतिनिधिहरुले एक दिनको पारिश्रामिक र कर्मचारीले एक दिनको तलब गरि १ लाख भन्दा बढी रकम हावाहुरी पिडित परिवारलाई सहयोग गर्ने घोषणा गरेको थियो ।
त्यसैगरी त्रियुगा नगरपालिकाको उपप्रमुख देवीकुमारी चौधरीले औद्योगिक ग्राम निर्माणपछि बिसनपुरबासीको मुहार फेरिने बताईन् । सदरमुकाम गाईघाट भित्रै रहेको अति पिछडीएको यस बस्तीमा निर्माण हुन लागेको औद्योगिक ग्रामले समग्र नगरबासीकै मुहारमा चमक ल्याउनेछ । नगरपालिकाकै नमूनाको रुपमा बिकास गर्न लागेको यो औद्योगिक ग्राममा सौर्य उर्जा उत्पादन देखि बजारबाट उत्पादिन फोहोरलाई प्रशोधन गरि मोहरमा परिणत गर्ने लक्ष्य लिएको उप प्रमुख चौधरीले बताईन ।
घरेलु तथा साना उद्योग बिकास समिति उदयपुरको निर्देशक शम्भुप्रसाद साहले औद्योगिकरण बिना समृद्धि हासिल गर्न नसक्ने भएकाले यो एउटा महत्वपूर्ण र ठुलो काम भएको बताए । देशलाई समृद्धिसँग जोड्न औद्योगिकरण आवश्यक पर्दछ ।
यहाँ साना तथा मझौला उद्योगहरु स्थापना हुने बताउँदै भने यहाँ १ लाख देखिको १० करोड सम्मको उद्योग स्थापना हुने छ । त्यसका लागि हामीलाई औद्योगिक ग्राम निर्माण गर्न कम्तिमा १५ बिगाहा जमिन आवश्यक पर्ने बताए । यहाँ बिद्यालय, खेल मैदान, खानेपानी स्वस्थ्य संस्थाहरु हुने भएकाले यस वरपर बसोबास गर्नेले यहाँबाट सेवा सुबिधा लिन सक्ने छन् ।
त्यसैगरी वडा अध्यक्षद्धय पशुपति चौधरी र बिश्वराज भट्टराईले त्रियुगा नगरपालिका समृद्ध हासिल गर्ने अभियानमा अघि बढ्ेको बताए । बिकास जनताको घरदैलोमा आएको छ, त्यसलाई सबै मिलेर अघि बढाउनु पर्दछ ।
कृषि शाखाको नाथु चौधरीले औद्योगिक ग्राममा कृषि अनुसन्धान केन्द्र निर्माण हुने जसमा कृषिलाई २ किसिमले गर्न सकिन्छ । एउटा अध्यायन अनुसन्धान र अर्को सिकाई केन्द्रको रुपमा बिकास गर्ने हो । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले नगरपालिकाले इतिहासमा नै महत्वपूर्ण कामको सुरुवात भएकोमा खुसि ब्यक्त गरे ।
स्थानीयबासी बिनोद चौधरी र नागेन्द्र चौधरीले स्थानीयबासीको सहकार्य र समन्वय गरेर काम गर्न आग्रह गरे । स्थानीयबासीको अपनत्व हुने गरि योजना ल्याउन सके मात्र त्यसले सफलता पाउने छ । पत्रकार भक्तिबिलास पोखरेल लगायतले शुभ कामना दिएका थिए । कार्यक्रम नपाको नायब सुब्बा गुरु ढकालले सञ्चालन गरेको थियो ।
त्रियुगा नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष जयबिक्रम राईले सबै भन्दा पिछडीएको यस वडामा औद्योगिक ग्राम निर्माणले यहाँका जनतामा खुसि छाएको छ । औद्योगिक ग्राममा फोहोरलाई मोहन बनाउने देखि बिभिन्न उद्योग सञ्चालनमा आउने छन् । यहाँ बिसनपुरबासीलाई ६० प्रतिशत रोजगारी दिईनेछ । कार्यक्रम वडा अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया