
उदयपुर । बारा र पर्साका हावाहुरी पीडितलाई उदयपुरका दुई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलव सहयोग घोषणा गरेका छन । गएको आईबार आएको हावाहुरीले घरवार विहिन भएका बारा र पर्साका सर्वसाधरण एक दिनको तलव सहयोग गर्ने घोषणा गरेका हुन ।
त्रियुगा नगरपालिकाले औधोगिक ग्राम, फोहर व्यवस्थापन तथा उर्जा उत्पादन र कृषि केन्द्र निर्माणको शिलान्यास कार्यक्रममा मेयर बलदेव चौधरीले हाबाहुरी पीडितलाई जनप्रतिनिधिहरुले एक दिनको भत्ता र कर्मचारीहरुले एक दिनको तलव दिने निर्णय भएको बताए । त्रियुगा नगरपालिका १२ स्थित बिसनपुर नजिकैै त्रियुगा नदी किनारको ६८ विगहा जग्गामा औधोगिक ग्राम, फोहोर व्यवस्थापन तथा उर्जा उत्पादन र कृषि अनुसन्धान केन्द्र बन्न लागेको छ । उनले निर्माण स्थलको शिलान्यास गर्दै बारा र पर्साका हाबाहुरी प्रभावितका लागि रकम सहयोग गर्ने र चाँडै नै रकम पठाउने समेत बताए । नगर प्रमुख चौधरीका अनुसार जनप्रतिनिधिको एक दिनको भत्ता र कर्मचारीको तलव झण्डै दुई लाख भन्दा बढी हुने बताए । उनका अनुसार मेयर, उपमेयर वडाध्यक्ष सहित ८८ जना जनप्रतिनिधिहरुको एक दिनको भत्ता र एक सय भन्दा बढी कर्मचारीको तलव गरी दुई लाख भन्दाबढी रकम हाबाहुरी पीडितलाई दिने निर्णय भएको बताए ।
बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापा स्वतिकले बेलका नगरपालिकाका कर्मचारी जनप्रतिनिधिको एक दिनको तलवभत्ता दिने तयारी भएको बातए। ‘बेलकमा जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलव एक लाख ६० हजार हुन्छ,’ उनले भने, ‘त्यही पैसा जम्मा पारेर हावाहुरी पीडितलाई दिने निर्णय बैठक बसेर गरिसकेका छौं ।’
प्रभावित बारा र पर्सा जिल्लामा हालसम्म हावाहुरीबाट ३१ जनाको मृत्यु भएको थियो । सयौंको संख्यामा सर्वसाधरणहरु घरवार विहिन बनेका छन भने दर्जनौं घाइते भएर उपचार गराइरहेका छन ।









