पक्राउ पर्नेमा सप्तरीको राजविराज न-पा-–१० का विष्णूदेव यादव, राजविराज न-पा-–१६ का शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी–१ का १७ वर्षी राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव, राजविराज–१० का २२ वर्षी ब्रह्मदेव सुनरैत र सप्तरीको कञ्चनरुप नगरपालिका–६ का २५ वर्षीय दिपेन्द्र कुमार मण्डल छन् ।
प्रहरीका अनुसार १५ गतेको विज्ञान र १४ गतेको सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत बाहिरिएको थियो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची दाइ विष्णदेव यादवलाई पठाएकको अनुसन्धानबाट खुलेको छ ।
यादवले पहिले मनोज सामाजिक सञ्जालमार्फत प्रश्नपत्रको फोटो पठाएका थिए । र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो । प्रश्नपत्र लेनदेनका क्रममा हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लेनदेन पनि भएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन ।
स्थगित परीक्षा प्रदेश २ मा चैत्र २२ गते शुक्रवारबाट संचालन हुनेछ ।
एसईई प्रश्नपत्र आउट गर्ने दुई प्रहरी सहित ६ सार्वजनिक
सप्तरी । प्रदेश २ मा चैत १४ र १५ गते भएको एसईई परीक्षाको प्रश्नपत्र आउट प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । बिहीबार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।










