बिरामी बोकेको सुमो दुर्घटनामा बिरामीको मृत्यु, २ घाइते
खोटाङ । खोटाङको रावावेशी गाउँपालिका ३ चिउरीवास भन्ने स्थानमा आइतवार बिरामी बोकेर जाँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । चिउरीवासबाट बिरामी बोकेर लामीडाँडा तर्फ जाँदै गरेको ना.१ ज ७४४७ नम्बरको सुमो आँफै अनियन्त्रित भई अपरान्ह साढे ४ बजे सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा सुमोमा सवार सोही स्थान बस्ने बिरामी बर्ष ५० को नीर कुमार राई, बर्ष ४५ को प्रकाश ...













