फाइल तस्विर

उदयपुर । उदयपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकीले चेक जाँचको क्रममा स.६ प ९३५५ नम्बरको मोटर साइकल सहित दुई जना युवा पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका १२ बस्ने २३ वर्षिय विष्णु तामाङ र वडा नं. १ बस्ने १८ वर्षिय आषिस चौधरीलाई प्रहरीले चेक जाँचको क्रममा पक्राउ गरेको छ । उनीहरुको साथबाट नोर्फिन १५ एम्पुल , डाईजोल्याप १७ एम्पुल र फेनारगन १६ एम्पुल फेला परेको थियो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया