४० हजार घुससहित मालपोतका नासु पक्राउ
सप्तरी । सप्तरीको राजविराजमा ४० हजार घुस सहित एक जना नायव सुब्बा पक्राउ परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
मोही जग्गाको बाँडफाँड गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीबाट खटिएको टोलीले मण्डललाई ४० हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको हो...













