सुखिलाल चौधरी, उदयपुर । खानेपानीको चरम अभावका कारण कटारी नगरपालिका १४ लेखानीका रमाइलो डाँडा, चनौटे, किन्दु डाँडा, भदौरे र रामागाउँका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् । खानेपानी जोहो गर्न उनीहरु आफ्नो गाउँघर छाडेर पानी सुविधा भएको बस्तीमा बसाइँ सर्न थालेका छन् ।
रमाइलो डाँडाका ११ घर मध्ये चार घर दलित घरपरिबार खानेपानीको सुविधा भएको क्षेत्रमा बसोबास गर्न पुगेका छन् । लेखानीको रमाइलो डाँडाका फुलमाया विश्वकर्मा, कालिमाया विश्वकर्मा, किसान विश्वकर्मा, भोटे विश्वकर्मा घर परिवार खानेपानीको अभावले बसाई सरेर अन्तै गएका छन् । माथिका गाउँहरु समुन्द्रि सतहबाट १५ सय मिटरको उचाईमा पर्छ ।
बसाई सराइँ गरी गएकाहरु कोही कटारी नगरपालिकाको सुगम त कोही सदरमुकाम गाईघाट गएको स्थानीय शिक्षक विष्णुमुरी मगरले बताए । ‘बस्तीभन्दा डेढ किलो मिटर तल चनौटे खोलामा सानो ट्याङ्की जस्तो बनाईएको छ, त्यो पनि अहिले सुक्दै गएपछि पानीको हाहाकार मचिएको हो ।’ उनले भने, ‘२०७२ सालको भुकम्प अगाडीसम्म केही पानी आएपनि अहिले पानीको मुहान नै सुख्खा भैसकेको छ । रात दिन गरेर पाँच सात गाग्री आउँछन् ।’ कहिले काहि त पानीकै निहुँमा छिमेकी छिमेकी विच झगडा समेत हुने गरेको छ । कति पय छोरी बुहारीहरु छर छिमेकहरु पानीकै कारण राम्रो बोलचाल हुन नपाएको स्थानीय शिक्षक मगरले बताए । उनका अनुसार साविक लेखानी गाविसको वडा नं. १ रामा गाउँमा ५० घर परिवार, वडा नं. २ किन्दु डाँडामा २६ घर परिवार, वडा नं. ५ को भदौरेमा २५ घर परिवार र वडा नं. ६ को चनोटेमा ५० घर परिवार गरी डेढ सय घरधुरीमा पानीको अभावले छटपटाई रहेको छ ।
“यसरी जनता काकाकुल भइै चिच्याई रहँदा सहरमा आगो लाग्दा बाँसुरी बजाई रहने राजा भैm छन् यहाँका जन प्रतिनिधिहरु”–शिक्षक मगरले भने । “म आफ्नै खर्चमा खानेपानी मन्त्रालयसम्म पुगे मन्त्री ज्यूलाई आपैmले भेटेर कुरा गरे, नगरपालिकाका मेयर, उपमेयर समेतलाई गुनासो राखे, प्रदेश तथा केन्द्रिय सांसदसम्म पनि म नपुगेको होइन तर मेरो कुरा एका देशको कथा बनाई दिए । हामी जीवन कै अप्ठ्यारो घडीमा छौ, उता मेयर, उपमेयर आफ्नै वरिपरी घुम्दै ठिक्क छन” ।
मध्यरातमा मानिसहरु विरालाको चाल मार्दै कसैले थाहा पाउँलाकी भन्दै घरमा भए जति भाँडाकुडा बोकेर सुटुक्क पधेरा पुग्छन । रात भर थोपा थोपा चुहेको पानी जम्मा गर्दा ५÷७ गाग्री पानी हुन्छ । तै पनि आपूm धारामा पुग्दा अर्कै छिमेकी अघि नै पधेरा पुगी सकेका हुन्छन् । नुहाइ धुवाई गर्न त परै जावस् बल्ल बल्ल जम्मा पारेको पानी दुध भैm छिमेकीसँग लिटरमा नापेर भाग लगाएर ल्याउनु पर्ने अवस्था रहेको स्थानीय तारादेवी लायोमगर बताउँछिन् । उनका अनुसार चाँड बाँडमा त झनै पानीको समस्या हुने गरेको छ । चाँड बाँडमा पानी किनेर ल्याउनु पर्छ ।

वर्षौंदेखि खानेपानीको समस्याले सताइरहेको रमाइलो डाँडाकी सनमाया विकले बताईन् । पहिले डाँडाको बस्तीभन्दा तल पानीको स्रोत थियो । तर, त्यो स्रोत पनि सुक्दै गएपछि गाउँमा खानेपानीको हाहाकार मच्चिएको उनले बताईन् । एक गाग्री पानी लिन झण्डै डेढ घण्टा पैदल चनौटे खोलामा पुग्नु पर्छ । पानीको अभाव हुँदा लुगा धुन सुनकोशी नदी नै झर्नु पर्ने हुन्छ ।
बिहान उज्यालो हुन नपाउँदै गाग्री बोकेर पानी खोज्न जानुपर्ने समस्या वर्षेनी हुन्छ, अब त जनप्रतिनिधि गाउँमा आएका छन, केही हुन्छ कि भन्ने आशा पलाएको थियो । तर, केही भएन ६२ वर्षिय नन्दमाया कामी बताउँछिन् । उनले भनिन् “हुने खानेले ७ किलोमिटर तल गहुँबारी र सुनकोशी नदीबाट ट्याक्टर र गाडीमा ढुवानी गरेर पानी घर ल्याउँछन, हामी गरिबलाई त समस्या छ ”
शुद्ध पिउने पानी पाउनु जनताको मौलिक अधिकार भनेर संविधानले ग्यारेन्टी गरेको छ । तर, घरको धारामा पानी छैन । के यो न्यायोचित छ ? स्थानीयहरुको गुनासो छ । “चुनाव जितेर गए पछि फर्केर आएका छैनन् जनप्रतिनिधिहरु, अरु त के कुरा मेयर समेत यस ठाउँमा आएका छैनन्’
जल वायु परिवर्तन र बर्षात नभएको कारण सवै ठाउँमा पानिको मुहानहरु सुक्न गई खानेपानीको समस्या भएको भएता पनि चनौटेमा भने सँधै पानीको समस्या भोग्नु परेको स्थानीयहरु बताउँछन् ।
नेवाःले दिएको घैटामै विवाद
चनौटे बासीका लागि २०६८ सालमा आकाशे पानी संकलन गर्न पंचावती ग्रामिण विकास केन्द्र मार्फत नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संग वाटर एड नेपालले चार हजार लिटरको घैटा र चर्पी बनाई दिने सहमति भएपनि प्रस्तावित सामानमा घोटला भएपछि कर्मचारी र उपभोक्ता विच झगडा भएपछि काम नै रोकिएको थियो । पानी संकलन गर्न ३÷३ वटा जस्ता पाता समेत दिएको थियो । २÷२ हजार लिटरको घैटा र चर्पी बनाई दिएपनि अहिले कामै नलाग्ने अवस्थामा पुगेको स्थानीय मनमाया मगर बताउँछिन् । उनका अनुसार पानी नपरेपछि घैटोको पनि केही काम छैन् ।
हाल चनौटे बासी र रेडक्रस अन्तरगत सामुदायिक विकास कार्यक्रम मार्पmत चनौटे खोलामा नै ट्यांकी बनाई जमाएको पानी थोपा थोपा संकलन गरी पिउँदै आएको छ ।
मुहान नहुँदा पानी ल्याउने आयोजना छैन
कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार पानीको मुहान नहुँदा योजना नै नरहेको बताए । साना तिना योजनाले कुनै काम हुँदैन । ठूलो योजना स्थानीय सरकारले लगाउन सक्दैन् । त्यस ठाउँमा लिफ्टिङ प्रविधिबाट पानी ताने ठूलो खर्च छ । मेयर श्रेष्ठले योजनाको लागि प्रदेश सरकार र केन्द्रिय सरकारलाई माग गरेको बताए ।
पानीको काकाकुलको विषयमा कटारी नगरपालिका १४ लेखानीका वडा अध्यक्ष तेजबहादुर आलेमगरसँग सम्पर्क गर्दा यहाँ साविकको लेखानी गाविसको सवै वडामा पानीको समस्या रहेको बताए । उनले भने, साविक लेखानी गाविस वडा नं. ५ को भदौरे मेरो आफ्नै घर छ , यहि २५ घर परिवार खानेपानीको कारण बसाइँ सराइँ गर्नु पर्ने अवस्था आएको छ ।’ खानेपानीको समस्या भएपनि स्थानीय सरकारबाट कुनै योजना नरहेको बताए । उनले भने, ‘पानीको मुहान तल तल छ सानो तिनो आयोजनाले पुग्दैन् ।’


वडा अध्यक्ष आलेमगरका अनुसार खानेपानीको मुहानै नभएकोले खानेपानीमा लगानी गर्न नसकेको बताए । “यति बेला लेखानीको सबै मुहानहरु सुकेर पानीको हाहाकार नै छ । चनौटेलाई कोशीबाट लिफ्टिङ गरी पानी चढाउन पनि धेरै उच्चाई छ । लिफ्टिङको लागि डिपिआर तयार गर्नेमा सांघिय सांसद सुरेश कुमार राई हिमालको योजना परेको छ ।’ वडा अध्यक्षले भने, ‘यहाँ लिफ्टिङ प्रणालीबाट खानेपानीको सुविधा उपभोगका लागि पहिलो चरणमा विद्युत् पोल, ट्रान्सफर्मर, तार जडान, दोस्रो चरणमा पाइपलाइन विस्तार, ट्याङ्की निर्माण, धारा जडान र वितरण गर्ने कार्यक्रम रहेपनि दुई तीन वर्षसम्म लाग्छ ।’ यस क्षेत्रमा खानेपानीको लागि प्रदेश सांसद कला घलेको संसदिय विकास कोषबाट १० लाख छुटिएपनि काम शुरु नै नभएको वडा अध्यक्ष आलेमगरले बताए ।


वडाध्यक्षका अनुसार कटारी नगरपालिका १३ को हात्तिखर्कबाट गहुँबारी हँुदै आउने पानीलाई स्तर उन्नती गरी पानीको समस्यालाई केही सजिलो बनाउने तयारीमा जुटेका छौं । ७ वर्षअगाडी आयोजना निर्माण भएपनि अहिलेसम्म गहँुबारीसम्म मात्रै पुगेको छ । यसलाई क्रमागत रुपमा थप्दै यहाँसम्म पुर्याउन पहल गर्ने बताए । उनले खानेपानी नहुँदा केही वर्षपछि बसाइँ सराइँ गर्न बाध्य भएको बताए ।
नारामै सिमित खुल्ला दिसामुक्त क्षेत्र
साविक लोखानी गाउँ विकास समिति हुँदा २०६९ भाद्र १५ गते उदयपुरकै पहिलो खुल्ला दिशा मुक्त क्षेत्र घोषित भएको थियो । विशेष तामझामका साथ खानेपानी तथा सरसफार्य डिभिजन कार्यालयले गाईघाटले खुल्ला दिशामुक्त गाविस घोषणा गरेको थियो । तर, अचम्म त यो छ कि पिउने पानी नै अभाव भएको क्षेत्रमा चर्पीमा प्रयोग हुने पानी कहाँबाट ल्याउने समस्या छ ।
यहाँका स्थानीयहरुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा नारामा मात्रै सिमित भएको बताउँछन् । स्थानीयका अनुसार खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएपछि राम्रो पानी पाउने, सफा पानी पाइन्छ भनेका थियो तर, दिशा धुने पानी समेत नपाएको गुनासो गर्दै आएका छन् । त्यस क्षेत्रमा खानेपानी अभाव खडकिएको समयमा खुल्ला दिशा मुक्त क्षेत्र घोषित गर्ने माप दण्डहरु पुरा भएकै थियो त ? भन्ने प्रश्न खड्किएको छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जाओंस् ।

तपाईको प्रतिक्रिया