उदयपुरमा एक जना औँलोको विरामी फेला, सर्तक रहन स्वास्थ्य कार्यालयको अनुरोध
उदयपुर । छिमेकी जिल्लाका कारण उदयपुर मेलेरिया (औँलो)को उच्च जोखिममा रहेको छ । पछिल्लो तथ्यांकले औँलो रोगीको तथ्यांक शुन्यमा आएपनि जोखिम भने नघटेको स्वास्थ्य कार्यालयको भनाई छ ।
विश्व औलो रोग दिवसको अवसरमा स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो दावि गरिएको हो । कार्यालयले गत आर्थिक वर्षदेखि औँलो शुन्य रहेको देखाएको छ ।
स्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्यांकअनुसार...













