
लहान । सिरहाको विभिन्न छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित ६ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका– ३ मा चेकजाँच गर्ने क्रममा नाइट्रोभेट २१ ट्याप्लेट,फनारगन, फेन्सीडिलसहित एक जना युवक लाई पक्राउ गरेको छ ।
त्यस्तै भारतीय सीमाक्षेत्रबाट स ९ प ४१०४ नं को मोटरसाइकलमा आउँदै गरेका सिरहाको भगवानपुर –३परिकटोलका ३१ वर्षीय नागेन्द्र चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
उनको साथबाट नाइट्रोभेट २१ ट्याप्लेट, फनारगन,फेन्सीडिलसहित पक्राउ गरेको छ ।
यसै्गरी प्रहरीचौकी खिरौनाबाट खटिएको टोलीले चेकजाँचको क्रममा चार जनालाई पक्राउ गरेको छ ।
उहाँहरुको साथबाट नाइट्रोभेट २१ ट्याप्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताएका छन ।









