राजेन्द्र महतो, लहान । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका–१२ पडरिया चौकमा बसको ठक्करबाट एक जना युवकको ज्यान गएको छ ।
धनगढीमाई नगरपालिका–११ बस्ने २३ वर्षीय ओम मण्डलको बसको ठक्करबाट ज्यान गएको हो ।
पूर्व तर्फबाट आउँदै गरेको ना.६ ख.७८६४ नम्बरको यात्रु बाहक बसको ठक्करबाट मण्डल गम्भिर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक मिलन सिंह बस्नेतले जानकारी दिए । घाईते मण्डललाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । बस र चालक झापाको मेची नगरपालिका–११ का ४२ वर्षीय लक्ष्मी प्रसाद दंगाललाई नियन्त्रणमा लिई आवश्य कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया