उदयपुर । उदयपुरकै गौरवको रुपमा रहेको उदयपुर सिमेन्ट कारखानाको खाली जग्गामा भुमाफियाको नजर परेको थियो । सिमेन्ट कारखानाको जग्गामा भुमाफियाको नजरपरेपछि दिन दिनै सयौंको संख्याको व्यक्तिहरुले जग्गा भागबण्डा गरेका थिए । हेर्दा लाग्थ्यो त्यो जग्गा प्लटिङ गरेझै लागेपनि भुमाफियाहरुले कब्जा गरेर घर टहरा निर्माण गरेका रहेछन् ।


भुमाफियाले सिमेन्ट कारखानाको जग्गामा घर टहरा बनाएपछि उद्योगले प्रशासन गुहार्न बाध्य भएका थिए । भुमाफियाले सर्वसाधरण लगाएर बनाएको घर टहरा प्रहरीले भत्काएको छ । मंगलबार दिउँसो उदयपुर सिमेन्ट उद्योग लिमिटेडको खाली जग्गामा भुमाफियाले सर्वसाधरण प्रयोग गरी बनाएका घर टहरा प्रहरीले भत्काएको हो ।
त्रियुगा नगरपालिका ६ स्थित सगरमाथा लोकमार्ग अन्र्तगत जलजले आसपासमा रहेको उद्योगको जग्गा अतिक्रमण गरी बनाइएको एक सय भन्दा बढी घर टहर प्रहरीले भत्काएको छ । कुमारी चौकदेखि उदयसी उच्च माविको साथै जनता मावि देउरीसम्मको जग्गा भुमाफियाले घर टहरा बनाउन लगाएका थिए ।
वर्षौदेखि संरक्षणमा रहेको उदयपुर सिमेन्टको जग्गामा पनि भुमाफियाको नजर परेपछि प्रशासन लगाएर घर टहरा भत्काईएको हो । देशभर सरकारी, पर्ती, ऐलानी जग्गा भुमाफियाको चपेटामा परेको वेला उद्योगको जग्गा पनि अछुतो बन्न सकेन जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताए । ‘उद्योगबाट सरकारी जग्गा अतिक्रमणको चपेटमा परेको निवेदन आयो,’ उनले भने, ‘तत्कालै प्रहरी लगाएर भत्काएका छौ, सर्वसाधरण प्रयोग गरेर घर टहरा बनाइएको जानकारी आयो ।’


सर्वसाधरणले बनाएका घर टहरा भत्काउन उदयपुर सिमेन्टले जिल्ला प्रशासन नै गुर्हानु परेको उद्योगका नायव महाप्रबन्ध धुर्व देवकोटाले बताए । ‘वर्षौदेखि संरक्षणमा रहेको उद्योगको जग्गामा एकाएक घरहरु बन्न थाले,’ उनले भने, ‘हामीले आँफै गएर भत्काउने अवस्था रहेन, अनि प्रहरीलाई गुर्हान जिल्ला प्रशासन कार्यालय पुग्नु प¥यो ।’
दुई दिन अघि वर्षौदेखि खाली रहेको उद्योगको जग्गामा एक्कासी घर टहरा कस्ले बनाउन लगाएको प्रहरी प्रशासन लगाएर पत्ता लगाउने तयारी भइरहेको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए ।
वर्षौदेखि संरक्षणमा रहेका उद्योग कारखानाका जग्गा समेत अतिक्रमण पर्नु थाल्नु गम्भिर विषय बनेको छ । झण्डै ३÷४ विगाहामा बनेका घर टहरा र स्थानीय किला गाडेर भाग लगाएका किला उखालिएको छ । कस्ले, किन, सर्वसाधरण लगाएर जग्गा अतिक्रमण गरिरहेको छ, त्यसको खोजी गर्न उद्योग र प्रशासन कार्यालय गम्भिर भएको प्रशासन कार्यालयको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया