काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरका सबै मठमन्दिरमा हिन्दू राष्ट्र पुनर्स्थापनाको माग राखी ब्यानर टाँग्ने भएको छ।

राप्रपाको जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले ७७ वटै जिल्लाका मठमन्दिरहरुमा हिन्दु राष्ट्रको माग राखी राखेर ब्यानर राख्ने निर्णय गरेको हो।

आन्दोलन सँगसँगै पार्टीको सक्रिय सदस्यता वितरण अभियान तिव्र बनाउने, काठमाडौं उपत्यका भित्रका १५ वटै निर्वाचन क्षेत्रमा जेठ १५ गते भित्रमा क्षेत्रीय भेला सम्पन्न गर्नेसमेत निर्णय गरेको राप्रपा संयुक्तका केन्द्रिय सहायक मन्त्री धुर्व रायमाझीले जानकारी दिए।

बैठकले मेची–महाकाली राष्ट्रिय स्वभिमान यात्राको क्रममा छुटेका पहाडी जिल्लाहरुमा जेठ १५ देखि सुरु गर्ने यात्रालाई आन्दोलनकै रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया