उदयपुर । नेपाल लोक कल्याण संघ स्वानले आफ्नो स्थापना भएको २५ औं बर्षको अवसरमा विद्यालय र महिला समूहलाई सहयोग गरेको छ । उदयपुरको कटारी नगरपालिका ७ रतनपुर अवस्थित कालिका माध्यमिक विद्यालयलाई शुद्ध खानेपानीको लागि १ लाख ६८ हजार सहयोग गरेको छ भने शैक्षिक सामग्री ५२ हजार बराबरको बितरण गरिएको छ । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक कल्पना कार्की बस्नेतले यस विद्यालयलाई ५ बर्ष सम्म निरन्तर विविध क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

संस्थाले स्थानिय लाली गुराँस महिला समूहलाई खानेपानीको लागि कटारी ७ स्थित १ सय १ घर धुरीको लागि डिपबोर्डिङ गरि लिफ्टिङ प्रबिधिबाट शुद्ध खानेपानी वितरण कार्यको वडा अध्यक्ष धन कुमार दनुवारले शिलान्यास समेत गरेका छन् । १९ लाखमा निर्माण गरिने डिप बोरिंगको निर्माण गर्न २० प्रतिशत वडा कार्यालयले बेहोर्ने गरी निर्माण शुरू गरिएको वडा अध्यक्ष दनुवारले बताए ।
लालिगुराँस महिला समितिको तर्फबाट अध्यक्ष हिरामाया पाण्डे नेपाल लोक कल्याण संघको तर्फबाट कल्पना कार्की बस्नेत र वडा कार्यलय बीच त्रिपक्षिय सम्झौतामा हस्ताक्षर भएको छ । उक्त डिपबोरिंग निर्माण भए कटारी ७ का करिब १ सय घरधुरी लाभान्वित हुने स्थानीय भरत खत्रीले जानकारी दिए ।
प्रमुख अतिथि वडा अध्यक्ष धन कुमार दनुवार, संघको कार्यकारी निर्देसक कल्पना कार्की बस्नेत, कम्युनिकेसन म्यानेजर प्रेक्षा लामिछाने, फिल्ड संयोजक धना शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता हिरामाया पाण्डेले गरेकी थिईन भने संचालन शिक्षक टंक दनुवारले गरेका थिए ।









