राजेन्द्र महतो, लहान । सिरहाको नवराजपुर गाउँपालिका–२ मझौरामा प्रहरीले एक एक गोदामा छापामारेको छ । राजश्व छली अबैध रूपमा राखिएको हरियो मटर र स्याउ सहित करिब एक लाख मूल्य बराबरको सामान बरामद गरेको छ ।
प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा स्थानीय राजेशकुमार कामैत, रमेश कामैत लगायत स्थानीय नागेन्द्र कामैतको घर गोठमा गोदाम बनाएर अबैध रूपमा राजश्व छली गरेर राखेको हरियो मटर तथा स्याउ बरामद गरेको हो ।
प्रहरीले स्थानीय राजेशकुमार कामैतको गोठबाट १० बोरा हरियो केराउ तथा २५ कार्टुन स्याउ, नागेन्द्र कामैतको गोठबाट २१ बोरा हरियो मटर र रमेश कामैतको पक्की घरबाट आठ बोरा हरियो मटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया