राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि उदयपुरमा ५० विद्यालय छनौट (नामावलीसहित)
उदयपुर । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको मध्ये उदयपुरबाट ५० वटा विद्यालय परेको छ । छानिएकामध्ये चारकोठे भवन १४ , दुई कोठे भवन १३, आइसिटी ल्याब व्यवस्थापन २२ र नयाँ प्राविधिक विद्यालय स्थापना एक वटा परेको छ ।
सरकारले चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुईकोठे भवन निर्मा...













