उदयपुर । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको मध्ये उदयपुरबाट ५० वटा विद्यालय परेको छ । छानिएकामध्ये चारकोठे भवन १४ , दुई कोठे भवन १३, आइसिटी ल्याब व्यवस्थापन २२ र नयाँ प्राविधिक विद्यालय स्थापना एक वटा परेको छ ।

सरकारले चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुईकोठे भवन निर्माणका लागि रु १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि रु छ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान गरेको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका अन्तर्गत ७ वटा मध्ये दुई वटामा चार कोठे भवन निर्माण, एउटामा दुई कोठे भवन निर्माण र आइसिटी ल्याब व्यवस्थापन तीन वटा विद्यालय छनौट भएको छ ।

कटारी नगरपालिकाका अन्तर्गत ८ वटा मध्ये एक वटामा चार कोठे भवन निर्माण, दुई वटामा दुई कोठे भवन निर्माण र चार वटामा आइसिटी ल्याब व्यवस्थापनका लागि विद्यालय छनौट भएको छ ।

चौदण्डीगढी नगरपालिकामा १० मध्ये चार वटामा चार कोठे भवन निर्माण, तीन वटामा दुई कोठे भवन निर्माण र तीन वटामा आइसिटी ल्याव व्यवस्थापनका लागि बजेट विनियोजन भएको छ ।

ताप्ली गाउँपालिकामा ६ मध्ये एउटामा चार कोठे भवन निर्माण, दुई वटामा दुई कोठे भवन निर्माण र एउटामा पशु विज्ञानको लागि लागि छनौटमा परेको छ ।

त्रियुगा नगरपालिकामा ९ वटा मध्ये दुई वटामा चार कोठे भवन निर्माण, दुई वटामा दुई कोठे भवन निर्माण र पाँच वटामा आइसिटी ल्याव व्यवस्थापनका लागि छनौटमा परेको छ ।

बेलका नगरपालिकामा ५ वटा मध्ये तीन वटा विद्यालयमा आइसिटी ल्याब व्यवस्थापन र एक÷एक वटा विद्यालयमा चार कोटे र दुई कोठे भवन निर्माणका लागि छनौट भएको छ ।

यस्तै रौतामाई गाउँपालिकामा दुई÷दुई वटामा चार कोठे र दुई कोठे भवन निर्माणका लागि छनौटमा परेको छ । लिम्चुङबुङ गाउँपालिकामा दुई वटा विद्यालयमा आइसिटी ल्याब व्यवस्थापनका लागि छनौट भएको छ ।

 

तपाईको प्रतिक्रिया