उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बेलका नगरपालिका ४ वडामा वडा कमिटी गठन भएको छ । शनिबार एक कार्यक्रम विच उमेश बस्नेतको अध्यक्षतामा २५ सदस्य वडा कमिटी विस्तार भएको हो ।

वडा कमिटीको उपाध्यक्षमा सृजना राई, सचिवमा विनोद आले, उपसचिवमा तिर्थ बहादुर मगर रहेका छन् ।

सदस्यहरुमा खड्ग गदारली, मिन बहादुर खड्का, दिप कुमार राई, कुमार परियार, नन्दमाया नेपाली, सोम कुमार विशुंके, शेर बहादुर आले, गोविन्द गिरी, खगेन्द्र आले, निर बहादुर मगर, रुपेश कटुवाल, हरि मगर, डम्बर वि.क., रेख बहादुर मगर, लाल बहादुर मगर, तिर्थ बहादुर मगर, राकेश कोइराला, कृष्ण वि.क र रमेश बस्नेत रहेका बेलका नगर कमिटी अध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

नेकपा एसका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राममणि पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद सुनिता चौधरी, प्रदेश सदस्य भिम प्रसाद पराजुली, जिल्ला उपाध्यक्ष कर्ण श्रेष्ठ, सचिवालय सदस्य विनोद खड्का, जिल्ला सदस्य रितु पाण्डे, जीत बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया