उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संगठन विस्तारलाई तिव्रता दिइएको छ । भदौं २ गतेबाट नेकपा एमालेबाट विद्रोह गर्दै माधव नेपाल र झलनाथ खनाल सहितले नेकपा एस निर्वाचन कार्यालयमा दर्ता गरेपछि स्थानीय तहदेखि वडा वडामा कार्यकर्ता भेलाको आयोजना गर्दै कमिटी विस्तारलाई निरन्तरता दिइएको छ ।
सोमबार रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा ज्ञान बहादुर समालको नेतृत्वमा १९ सदस्य पालिका स्तरीय कमिटी विस्तार भएको छ । नेकपा एसका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राममणि पोखरेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका विच समालको संयोजकत्वमा कमिटी विस्तार गरेको हो ।

सहसंयोजकमा सागर ठकुरी, सदस्यहरुमा तुलसा शाही, विज्ञान कार्की, मदन खड्का, सेरबहादुर राई, चित्र बहादुर राई, जसमति राई, खड्गजित राई, रमेश सुवेल (दलित संयोजक), नारद राई, दिपक सुवेल, ढक बहादुर श्रेष्ठ, नारायण थापा, विपन शाही लगायत गाउँपालिका स्तरीय कमिटीमा रहेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य गंगा कार्की, सचिव जयराम पंजियार, संगठन विभाग प्रमुख विनोद खड्का, सचिवालय सदस्य तथा अनेमसंघ अध्यक्ष पशुपति चौधरी, त्रियुगा नगर कमिटी अध्यक्ष जनार्दन रेग्मी, त्रियुगा नगर कमिटी सदस्य टिका चौधरी, नेकपा एस त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष तथा स्थानीय दिनेश शाही लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया