कटारी- उदयपुरको कटारीका नेकपा एमालेका युवा नेता जीवनाथ दाहालले मुसहर समुदायका बालबालिकालाई न्यानो कपडा सुइटर बितरण गर्नुभएको छ । कटारी नगरपालिका २ गिद्दबरका मुसहर समुदायका २५ बालबालिकालाई नेता दाहालले सुइटर बितरण गर्नुभएको हो ।
नेकपा एमाले कटारीका युवा नेता दाहालले आज आर्थिक अबस्था कमजोर भएका मुसहर समुदायका बालबालिकालाई घर मैं पुगेर न्यानो सुइटर बितरण गर्नुभएको थियो । सामाजिक काममा सक्रिय कटारीका युवा नेता दाहालले मुसहर बस्तीमैं पुगेर सुइटर बितरण गरेपछि समुदायका बालबालिकाहरुको अनुहारमा खुसी छाएको थियो।
दैनिक ज्यालामाजदुरी गरेर विहान बेलुकाको छाक टार्दै आएका मुसहर समुदायका वालवालिकालाई न्यानो कपडा वितरण गरेकोमा वालवालिकाका अभिभावकहरुले धन्यवाद दिएका थिए ।
आफुले कमाएको केहि प्रतिशत रकम हरेक बर्ष सामाजिक काममा खर्च गर्ने उद्देश्यले सानो सहयोग मात्र गरेको युवा नेता दाहालले बताउनुभयो । ‘सामाजिक कार्यमा सकेको खर्च गर्ने उद्येश्यले वितरण गरेको हुँ ।’ दाहालले भन्नुभयो –‘असहाय आर्थिक अवस्था कमजोर भएकालाई थोरै सहयोग गर्दै जानेछु । ’सामाजिक काममा सक्रिय रहेका दाहाल प्रेस चौतारी उदयपुरको अध्यक्षका साथै व्यवसायी पनि हुन् ।









