उदयपुर । आज त्रियुगा नगरपालिकामा सेवा प्रवाह स्थगित हुने भएको छ । त्रियुगा नगरपालिकाको आठौं नगर सभा अधिवेशनको बैठक आज (शुक्रबार) बस्ने भएकोले सेवा प्रवाह स्थगित गरिएको सूचना जारी गरेर जनाएको छ ।
सूचनामा त्रियुगा नगरपालिकाको कार्यालय, मातहतका १६ वटै वडा कार्यालयहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण नियमित सेवाहरु प्रवाह नहने प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम ढकजनाएको छ । यसबाट नगरवासीमा पर्न जाने असुविधा प्रति नगरपालिका क्षमाप्रार्थी छ भन्दै सूचना प्रकाशित गरेको छ ।

तपाईको प्रतिक्रिया