उदयपुरमा कोरोनाबाट मर्ने क्रम रोकिएन, संक्रमितको संख्या एक हजार बढी
उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट मर्ने क्रम रोकिएको छैन् । विहिबार विहान जिल्ला अस्पताल उदयपुरमा एक ४० वर्षिय युवकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका २ मोथियाहीको युवकको कोरोनाको कारण मृत्यु भएको हो ।
ज्वरो आएपछि १५ दिन अघि जिल्ला अस्पताल उदयपुरमा चेकजाँच गराउँदा कोरोना पुष्टी भएको थियो । कोरोना पुष्टी भएपछि उनी उपचारको लागि सुविधा सम्पन्न अस्पताल विपी कोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठान ...









