उदयपुरमा थप ३० जनामा संक्रमित, दुई जनाको मृत्यु
उदयपुर । उदयपुरमा बुधबार थप ३० जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । १२ महिला र १८ जना पुरुषमा संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ५ सय २२ पुगेको छ । कोरोनाले थप २ जनाको मृत्यु भएसंगै जिल्लामा मृत्यु हुनेको संख्या १६ पुगेको हो । मृत्यु हुनेमा ५ महिला र ११ पुरुष रहेको छन् ।
त्रियुगा नगरपालिाका–११ का ४७ वर्षीया महिला र बेलका नगरपालिका–३ का ४७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएकोे...











