रुख ढलेर एक महिलाको मृत्यु

रुख ढलेर एक महिलाको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहामा रुख ढलेर एक जना महिलाको मृत्यु भएको छ। सिरहाको कर्जन्हा नगरपालिका ११ बगहाकी ६० वर्षीय झकतारैन महतोको इपिल (घाँस) को रुख ढलेर मृत्यु भएको हो। उनी खेतमा काम गरिरहेको समयमा आएको हावाहुरीले एक्कासी रुख ढलेर टाउको फुटेपछि घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताएका छ्न। मृतकको शव पोसमार्टमको लागि रामकुमार उमाप्रसाद सारडा अस्पताल लहान पठाइएको छ ।

उदयपुरमा शिक्षक र नेपाल प्रहरीमा पनि देखियो कोरोना संक्रम, संक्रमितको संख्या ११० पुग्यो

उदयपुरमा शिक्षक र नेपाल प्रहरीमा पनि देखियो कोरोना संक्रम, संक्रमितको संख्या ११० पुग्यो
उदयपुर । उदयपुरमा शिक्षक र नेपाल प्रहरीको जवानमा पनि कोरोना संक्रमण देखिएको छ । साउन ३२ गते १ सय ४० जनाको स्वाब संकलन गरेर पठाएकोमा ३ जनालाई संक्रमण पुष्टी भएको हो ।संक्रमित हुनेहरुमा एक ४२ वर्षिय शिक्षक, एक ३२ वर्षिय प्रहरी जवान र एक मालपोत कार्यालय उदयपुरको कर्मचारीको छिमेकी ११ वर्षिय बालिका रहेका छन् । संक्रमित शिक्षक त्रियुगा नगरपालिका ९ का भएपनि १० मा अध्ययापन गराउने हुन् । यस्तै यसअघि संक्र...

तीन लाख ६८ हजार सहित १२ जुहाडे पक्राउ

तीन लाख ६८ हजार सहित १२ जुहाडे पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेका छ्न। जुवाको खालबाट नेपाली रुपैया तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र विभिन्न बैंकको हस्ताक्षर गरी राखिएको चार लाख ४८ हजार ३७३ को चेक सहित १२ जना पक्राउ परेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय मदनबहादुर राई...

कुटपिटबाट एक महिलाको मृत्यु, ५ जना घाइते

कुटपिटबाट एक महिलाको मृत्यु, ५ जना घाइते
राजेन्द्र महतो, लहान । सिरहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ भने ५ जना धाइते भएका छन। मृत्यु हुनेमा अर्नामा गाउँपालिका ५ कृष्णपुर स्थित बेलदरी टोलकी ५४ वर्षिया सितादेवी राउत रहेकी छिन । टाउकोमा चोट लागेर अचेत भएकी राउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाशंकर पंजियारले जनाएको छ । आरसीसी सडक ढलानको विषयमा विवादमा स्थानीय सिताराम राउत, वुधेश्...

नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुग्यो
काठमाडौं । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा...

कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ। स्वास्थ्य तथा जनस‌ंंख्या मन्त्रालयका अनुसार काठमाडौँ र बर्दियामा एक–एक जना पुरुष तथा भक्तपुर, मोरङ, चितवन र सुनसरीमा एक–एक जना महिलाको कोरोनाबाट मृत्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय झण्डा जलाउने मुख्य अभियुक्त सहित ९ जना पक्राउ

राष्ट्रिय झण्डा जलाउने मुख्य अभियुक्त सहित ९ जना पक्राउ
काठमाडौँ । युट्यूवमा अपलोड गरिएको र्याप जान्राको ‘देशद्रोही’ गीतको भिडियेमा राष्ट्रिय झन्डा जलाउने समूहका मुख्य अभियुक्त सहित ९ जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ। मंगोल हप अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक ‘देशद्रोही’ गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यलाई प्रस्तुत गरिएको थियो । सो समूहको मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित ९ जना पक्राउ परेको महानगरीय ...

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप तीन जना पक्राउ

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप तीन जना पक्राउ
काठमाडौँ । युट्यूवमा अपलोड गरिएको ¥याप जान्राको ‘देशद्रोही’ गीतको भिडियेमा राष्ट्रिय झन्डा जलाउने समूहका थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। राष्ट्रिय झण्डा जलाउने एक जना पक्राउ मंगोल हप अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक ‘देशद्रोही’ गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यलाई प्रस्तुत गरिएको थियो । सो समूहको चार जना पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ...

सिरहामा डिएसपी सहित ७ जनामा कोरोना संक्रमण पुष्टि

सिरहामा डिएसपी सहित ७ जनामा कोरोना संक्रमण पुष्टि
लहान । सिरहामा प्रहरी नायव निरिक्षक (डिएसपी) सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख तथा डिएसपी सन्तुलाल जैसवाल सहित ४ जना प्रहरी र एक जना थुनुवा ,मिर्चैया नगरपालिका ४ का एक जना महिला सदस्य र बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । स्वास्थ्य कार्यालय सिरहा अनुसार कोरोना संक्रमित भएका डिएसपी जैसवालले भेटघाट ब...

कासघारीमा एक जना मृत फेला

कासघारीमा एक जना मृत फेला
राजेन्द्र महतो, लहान । सिरहामा मृत अबस्थामा एक जना पुरुषको लाश फेला परेको छ । प्रहरीले आइतबार सिरहा नगरपालिका १५ सुखचैनामा मिर्चैया नगरपालिका ९ रामपुराका उमेश कुमार महतो मृत अबस्थामा लास फेला पारेको हो। महतोको सुखचैना स्थित बुधौरा कासघारीमा लाश फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान तथा छानबिन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी विनोद घिमिरेले जान...