महामारीसँग भिड्दै स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीसँग भिड्दै हाम्रो समाज
कोभिड महामारीसँग दुनियाँ भिडिरहेको वेला नेपाली समाज भने स्वास्थ्यकर्मीसँग भिड्न थालेको छ । विदेशमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गरिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने समाज नै आफ्नै टोलबाट भने स्वास्थ्यकर्मीलाई लखेट्न अघि सरेको छ ।
चितवनका डा। विश्वबन्धु बगालेलाई अपमानित गरिएको घटना सेलाउन नपाउँदै राजधानीको बानेश्वरमा डाक्टर र अन्य स्वास्थ्यकर्मी बसेको होस्टल घेराउ ...










