उदयपुर । जिल्लाको बेलका नगरपालिकामा आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिका ५ का ४८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित एक हप्ता अगाडी भारतको पंजाबबाट आएर क्वारेन्टाईनमा बस्दै आएको थियो । उनी सहित १४ जनाको यहि भदौ १९ गते नमुना स्वाव संकलन गरी परिक्षणको लागि कोशी अस्पताल विराटनगर पठाएकोमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीलेले जानकारी दिए । उनलाई उपचारको लागि चौदण्डीगढी ६ स्थित उदयपुर कोडिभ १९ अस्पताल पठाईएको छ ।
बेलका नगरपालिकामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । यस्तै त्रियुगा नगरपालिकामा ६७ संक्रमित, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकाका २ जना, उदयपुरगढी गाउँपालिकाका २ जना र ताप्ली गाउँपालिकाका ३ जना कोरोना संक्रमित पुगेका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ । नयाँ संक्रमित सहित उदयपुर कोभिड १९ अस्पतालमा ३ जना र होम आइसोलेशनमा एक बालिकाको उपचार भईरहेको छ ।









