राजेन्द्र महतो, लहान । सिरहाको कल्याणपुर नगरपालिकाकी उपमेयर रोहिनी कुमारी यादव कोरोनामुक्त भएकी छिन् ।
मेयर सूर्यनाथ मण्डल अख्तियार दुरुपयोग आयोगको निलम्बनमा परेपछि कार्यवाहक प्रमुखको रुपमा काम गर्दै आएकी उपमेयर रोहिनी कुमारी यादव कोरोनामुक्त भएकी हुन् । 
उपमेयर होम आइसोलेशनमा बसेर उपचाररत रहेकी थिईन् । उनीसँगै त्यहाँका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासको रिपोर्ट पनि निगेटिभ आएको छ । उनीहरु दुवै कोरोनामुक्त भएको प्रादेशिक अस्पताल जनकपुरको प्रगोगशालाले पुष्टी गरेको छ । उनीहरुको गत ४ गते संकलन गरिएको स्वाबको रिपोर्ट पोजेटिभ आएको थियो ।
उपमेयरले कोरोनासंगको यो लडाईमा स्वास्थ्यलाभको कामना गर्ने, माया गर्ने सम्पूर्ण नगरवासी लगायत अन्य सम्पूर्ण जनतामा आभार व्यक्त गरेकी छिन् । विश्वभरि नै फैलिएका यस विश्व महामारीको चपेटमा जो कोइ पनि पर्न सक्ने भएको हुन्नाले सके सम्म सामाजिक दुरी कायम गरौं, अनावश्यक बाहिर नजाउ अनि मास्क र सेनिटाईजरको प्रयोग गर्न आग्रह गरेकी छिन् ।
कोरोना लाग्दैमा भयभित न बनौं, उच्च मनोबल राखी एक अर्का प्रति माया सद्भाव राखेर स्वयम अनुशासित भएर डाक्टरको सलाह बमोजिम नियमित कार्य कोरोना चाँडै मुक्त हुने बताईन् ।









