उदयपुर । उदयपुरमा यौन दुव्र्यवहार गरेको आरोपमा पुजारी पक्राउ परेको छ । बालिकालाई यौन दुव्र्यवाहार गरेको आरोपमा त्रियुगा नगरपालिका–६ मोहनपुरस्थित शिव मन्दिरको पुजारी पक्राउ परेको हो ।
सिराहा सखुवाकट्टी गाउँपालिका–२ घर भई करिब ३ वर्षदेखि मन्दिरमा पुजारीको रुपमा बस्दै आएका ६६ वर्षीय रामविलास खत्बे मण्डलले ८ र १० वर्षीया बालिकालाई पैसा देखाई प्रलोभनमा पारी मन्दिरको कोठामा यौन दुव्र्यवाहार गरेको पिडित र उनको परिवारले प्रहरीमा जानकारी गराएपछि तत्काल नियन्णमा लिएको प्रहरीले जनाएको छ ।
पुजारी मण्डलले यहि भदौ १२ गते बालिकालाई प्रलोभनमा पारी यौन दुव्र्यवहार गरेको पिडितले प्रहरीमा बताएका छन् । पक्राउ परेका मण्डाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया