उदयपुर । उदयपुरमा आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–१० निबासी २२ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो ।
उनी केहि दिन अगाडी दुवईबाट आएर त्रियुगा नगरपालिकाले निर्माण गरेको त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाईनमा बस्दै आएको थियो । उनी सहित ९ जनाको यहि भदौ १८ गते नमुना स्वाव संकलन गरी परिक्षणको लागी कोशी अस्पताल पठाएकोमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीलेले जानकारी दिए । उनलाई उपचारको लागि चौदण्डीगढी ६ स्थित उदयपुर कोडिभ १९ अस्पताल पठाईएको छ ।
उदयपुरमा कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको छ ।
जिल्लामा त्रियुगा नगरपालिकामा ६७ संक्रमित, बेलका नगरपालिकामा ३२, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकाका २ जना, उदयपुरगढी गाउँपालिकाका २ जना र ताप्ली गाउँपालिकाका ३ जना कोरोना संक्रमित पुगेका छन् ।
नयाँ संक्रमित सहित उदयपुर कोभिड १९ अस्पतालमा २ जना र होम आइसोलेशनमा एक बालिकाको उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया