सिरहामा थप एक जना कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ६ पुग्यो ।
राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका ९ खुट्टीपारी का ६५ वर्षीय कोरोना संक्रमित वृद्ध महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार ११ बजे मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले जानकारी दिए ।
कोशी अस्पताल विराटनगरमा विहिवार उपचार गराउन पुगेकी मृतकको कोरोना परीक्षणमा पोजेटिभ आएको थियो । करिब चार घण्ट...










