राजेन्द्र महतो, लहान । सिरहाको चोहर्वामा शुक्रबार साँझ मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर धाइते भएका छ्न।
सिरहाको नरहा गाउँपालिका ५ बलुबा टोल नजिकै चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज. १ त ४३२९ नम्बरको ट्र्याक्टरमा अन टेष्ट नं को मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ निवासी १९ वर्षीय अमलेश महतो र सोही ठाउँका २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचारका क्रममा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
दुर्घटनामा परी १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएका छन । उनलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले बताएका छन।
सडक छेउमा ईटा लोड गरी बिग्रीएर रोकि राखिएको ट्रयाक्टरमा तीव ग्रतिमा चलाएको मोटरसाईकलले ठक्कर दिएपछि दुर्घटना भएको स्थानीयहरुले जनाएको छ ।

तपाईको प्रतिक्रिया