उदयपुर । उदयपुरमा ट्याक्टरमा ल्याउँदै गरेको अवैध सखुवाको काठ सहित दुई जना पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका–५ बाट अवैध रुपमा विहिबार राति ना. ७ त ६४१२ नम्बरको ट्याक्टरमा ल्याउँदै गरेको सखुवाको चिरान र गोली काठसहित दुई जना पक्राउ परेको हो ।
पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–५ निबासी ४२ वर्षीय पुष्कर भण्डारी र ट्याक्टर चालक स्थानीय ३० वर्षीय अनिल रोक्का रहेका छन् ।
ट्याक्टरमा ७.८ फिट लम्बाई र ४.३ फिट चौडाई भएको १२ थान सखुवाको चिरान काठ, ७.८ फिट लम्बाई र ४.१ फिट चौडाई भएको ५० थान सखुवा गोलिया र विभिन्न साईजको १२ थान पुरानो गोलियाकाले छोपोको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए ।
पक्राउ परेका मानिस, काठ र गाडी अनुसन्धान गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय कटारी पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया