उदयपुर । उदयपुरमा लागूऔषध १५ केजी गाँजा सहित एक जना पक्राउ परेका छन् । अबैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत ताप्ली गाउँपालिका ५ सल्ले (ढुङगे) का हुप बहादुर मगर पक्राउ परेको छ ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिगएको प्रहरी टोलीले लागुऔषध गाँजा सञ्चय गरी बिक्री बितरण गर्ने मगरको घर खानतलाशी गर्दा लुकाई छिपाई राखेको अन्दाजी १५ केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया