उदयपुर । कोरोना भाइरसको संक्रमण भई चौदण्डीगढी नगरपालिका ६ सातधारे उदयपुर कोभिड-१९ कोभिड अस्पतालमा उपचाररत १५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । उदयपुरमा कोरोनामुक्त हुनेको संख्या १०३ पुगेको छ ।
बेलका नगरपालिकाका ७ जना, त्रियुगा नगरपालिकाका ७ जना र खोटाङ दिप्रुङ गाउँपालिकाका एक जना कोरोनामुक्त भएर घर फर्किएका हुन् । 
निको भई घर फर्किनेहरुमा २०, २०, ७०, १७, ३२, ३२, र ६६ वर्षिया महिला र ६८, १८, ३१, २७, २६, ४५, ४६, ३४ र ३६ वर्षिय पुरुषहरु रहेका छन् । यस्तै एक जनाको स्वाबलाई रिचेकको लागि राखिएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए । कोरनोमुक्तलाई मेयर राईले बधाई दिँदै विदाई समेत गरेका थिए । उनीहरुलाई पुनः १४ दिन अझै होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको मेयर राईले जानकारी दिए । 
अहिले सो अस्पतालमा अझै ८ जना पुरुष उपचाररत रहेका छन् । यस्तै कटारी नगरपालिका २ गरासमा देखिएका कोरोना संक्रमितलाई यसै अस्पतालमा ल्याउने पत्रचार भएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।









