उदयपुर । उदयपुरमा अवैध काठ चोरी निकासी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ४ घुम्ती टोलका ५० वर्षिय बखत बहादुर राई र सोही नपा वडा नं. ३ राजानागी बस्ने ५० का मित्रमान विक र अर्का ४० वर्षिय रविन्द्र राई रहेका छन् ।
प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिका ३ राजानागी र बेलका नगपालिका ५ बिचमा पर्ने बेलका तरी जंगलबाट लुकिछीपि अबैध रुपमा सखुवाको काठ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुको साथबाट अन्दाजी ६ क्युवी फुट काठ पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परि नियन्त्रणमा रहेकालाई अनुसन्धान पश्चात आवश्यक कार्वाहीको लागि इलाका वन कार्यालय बेल्टार पठाइएको प्रहरीले जनाएको छ ।









