उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका ७ स्थित विपी चोकमा रहेको रामकुमार खाजा घरको गल्ला भित्र लेडिज पर्सबाट बुधबार नगद ९० हजार चोरी गर्ने एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा खोटाङ बाह्रपोखरी गाउँपालिका ५ बस्ने १८ वर्षिय सविन मगरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारमा चोरीको सूचना पाउना साथ विशेष प्रहरी टोली परिचालन गरिचालित भई सिसी टिभीको फुटेजको आधारमा पक्राउ गर्न सफल भएको इन्चार्ज बुद्धि चौलागाईले जानकारी दिए । उनका अनुसार चोरी गरेको नदगबाट मोबाइल, लताकपडा खरिद गरेर बाँकी २८ हजार ३ सय १० सहित पक्राउ पर्न सफल भएको जानकारी दिए । पक्राउ परेकालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया