उदयपुर । उदयपुरकी एक महिलाको विराटनगरका नाम चलेका हस्पिटलहरुले उपचार गर्न नमानेपछि मृत्यु भएका छन् । शनिबार साँझ खाना खाने क्रममा भात सडकेर सिकिस्त विरामी चौदण्डीगढी नगरपालिका – ६ सिर्वानीकी ६५ वर्षिय डम्बरक कुमारी बस्नेतको उपचार नै नपाई आइतबार मृत्यु भएको हो ।
विराटनगरका ९ वटा अस्पताल रातभर चाहार्दा पनि कोरोनाको आशंकामा उपचार गर्न नमानेपछि घर ल्याएकी महिलाको मृत्यु भएको हो । शनिबार साँझ खाना खाने क्रममा भात सडकेपछि उनी वेहोस भएकी थिइन ।
उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचारको लगिएको थियो । गम्भीर अवस्थामा रहेकी उनको त्यहाँ प्रारम्भीक उपचार गरिएको हो । केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
विरामीलाई स १ झ ४७४ नम्वरको ऐम्वुलेन्सबाट विराटनगर लगिएको थियो । त्यहाँका मोरङ सहकारी, म्याक्स, न्यूरो, ग्रिनक्रस, लाईफ गार्ड, विराट नर्सिङ (विराटनगर अस्पताल), विराट मेडिकल कलेज, र कोसी अस्पतालमा पु¥याइयो । तर एम्वुलेन्सबाट नझारी अस्पतालको गेटबाट फर्काइदिएको एम्वुलेन्स चालक दिपक खत्रीले वताए । ‘के विरामी हो, विरामीको अवस्था वुझदै नवुझि अस्पताहरुले गेट बाहिरबाटै फर्काइदिए’ उनले भने, ‘अन्तिममा गोल्डेन अस्पतालले भर्ना त लियो ।’ तर विरामीको अवस्थाा गम्भीर भएकोले आइसियूमा राख्नु पर्ने र अस्पतालको आइसियू खाली नभएकोले अन्यत्र लैजान भन्दै निकालि दिएको उनले वताए ।
अस्पतालहरुले भित्र पस्न त के गेट अगाडी ५ मिनेटपनि उभिन नदिएकोे एम्वुलेन्सका चालक खत्रीले वताए । ‘अस्पतालका सुरक्षाकर्मीले अस्पतालको गेटमा बिरामी लिएर गएका एम्वुलेन्सलाई भित्र होयन, गेटमा दुई मिनेटपनि उभिन दिदैनन ।’ कोरोना संक्रमण हुन पहिले विराटनगरका अस्पतालले एम्वुलेन्स चालकलाई ज्वाई भन्दा धेरै सम्मन गर्ने गरेको उनले वताए ।
अहिले कोरोना सक्रमण बढदै गएको भन्दै पहिले पिसिआर परिक्षणपछि नतिजा नेगेटिभ भएमात्रै विरामी अस्पताल ल्याउनु भन्ने गरेका छन ।
कोरोना संक्रमण भन्दै अस्पतालले डम्वरकुमारीलाई भर्ना लिन मानेन । कोरोना नभएर भात अडीएर वेहोस भएको वताउदाँ पनि अस्पतालहरुले भित्रै पस्न नदिएका मृतकका ज्वाई पशुपति भण्डारीले वताए ।
‘विराटनगरमा नाम चलेका ८ वटा अस्पतालले गेट भित्रै पस्न दिएनन’ उनले भने, ‘अन्तिममा गोल्डेन हस्पिटलले छातीको एक्से, रगत लगाएको जाँच गरेपनि विरामीलाई आइसियूमा राख्नु पर्ने अवस्था भएको वतायो ।’ तर गोल्डेनमा आइसियू खाली नभएको भन्दै अन्य अस्पतालमा लैजान भनेपछि पुनः आइसियू भएका सवै अस्पताल पुयाएको उनले वताए ।
बृद्धाको उपचारका लागि रातभरी भौतारीदा पनि अस्पतालले भर्ना लिएन । गोल्डेनले निकाल्दिएपछि रातभरी विराटनगरका सवै हस्पिटल चाहरेको भण्डारीले वताए । ‘सवै अस्पतालमा अनुनय विनयन गरियो’ भण्डारीले भने, ‘तर कसैले पनि हामी जस्ता गरिबको अनुनय विनय सुनेन ।’ आखीरी आमा (सासूआमा)ले औषधि उपचार नपाएर मर्नु परेको उनले वताए ।
सरकारी कोसी अञ्चल अस्पतालले पनि १५ दिन क्वारेन्टाइनमा बसेको प्रमाण भएमात्रै विरामी भर्ना गरेर उपचार गर्ने भन्दै गेटबाट भित्र नपाएको पिडित भण्डारीले वताए ।
कोसी अस्पतालले भने शकास्पद विरामीको लागि छुट्टै आइसोलेसन वार्ड बनाएको मेडिकल सुपरिडेण्ट डाक्टर चुमनलाल दासले वताए । ‘त्यस्ता विरामीलाई छुटै राखेर त्यहि उपचार हुन्छ’ डाक्टर दासले भने ।
रातभरी ९ वटा अस्पताल चार्हादापनि उपचार गर्न नमानेपछि फर्काएर विहान ८ बजे घर ल्याएको उनले वताए । घर ल्याएको ३ घण्टापछि बृद्धा बस्नेतको मृत्यु भएको हो ।









