राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका १८ भदैयाका ८४ वर्षीय वर्षीय कोरोना संक्रमित वृद्ध पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा शुक्रबार राति ११ः२० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी वार्डमा भदौ ६ गते भर्ना भएका थिए । त्यस पछि उनलाई प्रतिष्ठानकै मेडिसिन वार्डमा भर्ना गरिएको थियो । उनमा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको कारण कोरोना आशङ्का गरी कोरोना परीक्षण गर्दा उनमा भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मिर्गौलाको दिर्घरोगी रहेको बताइएको छ ।

मृतकको शव व्यवस्थापनका लागि समन्वय भईरहेको प्रतिष्ठानले जनाएको छ ।
यो संगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

दुई शव नेपाली सेनाद्वारा व्यवस्थापन

यस्तै कोरोना संक्रमणबाट मृत्यु भएकी लहान नगरपालिका ९ खुटीपारीका ६५ वर्षिय वृद्धाको शब नेपाली सेनाले कार्यविधि अनुसार व्यवस्थापन गरेको छ ।
उनको शव लहान नपा ५ स्थित रहेको मुस्लिम समुदायहरुको काव्रस्थानमा व्यवस्थापन गरेको हो ।

त्यस्तै कोरोनाबाट मृत्यु भएको सिरहाको सुखीपुर नगरपालिका ८ का ६५ वर्षिय ग्यास ब्यापारीको शव गागैन खोला व्यवस्थापन गर्न खोज्दा विवाद भएको थियो । विवादपछि सोही नगरपालिका ३ स्थित जनता माध्यमिक विद्यालय सुखीपुरको जग्गामा शव व्यवस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया