उदयपुर । बेलका नगरपालिका ३ मा सरकारी वन क्षेत्रको जग्गा प्लटिङ गरि खरिद विक्री गर्ने गिरोहलाई जिल्ला अदालत उदयपुरले अनुसन्धानको लागि विहिबारबाटै लागू हुनेगरी ७ दिनको म्याद थप गरेको छ ।
विहिबार बेलका नगरपालिका ३ चिलिया टप्पु स्थित रहेको सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि प्लटिङ गरेको आरोपमा ७ जना नगद र चेक गरी १९ लाख ८ हजार सहित पक्राउ परेको थियो ।

वेलका नगरपालिका ३ कोशी टप्पु क्षेत्रमा अक्रिमित जग्गा । फाइल तस्विर : नागरिक बहस

पक्राउ पर्नेहरुलाई आवश्यक अनुसन्धानको लागि ७ दिनमो म्याद थप भएको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए ।
सरकारी वन क्षेत्रको जग्गा प्लटिङ गरि बेलका नगरपालिका ६ सृजना टोल बस्ने २६ वर्षिय प्रकाश चन्द्रबंशी, सोही नपा वडा नं. ३ का ५४ वर्षिय प्रदिप भन्ने दल बहादुर थापा पक्राउ परेका छन् ।

यस्तै भोजपुर टेम्केमैयुङ गाउँपालिका ६ बस्ने ४३ वर्षिय देवराज राई, सोही गापा बस्ने ३८ वर्षिय मणिराज राई, भोजपुर नगरपालिका ३ बोखिम बस्ने ३७ वर्षिय सन्तोष कुमार राई पक्राउ पनि पक्राउ परेको छ ।
खोटाङ साकेला गाउँपालिका २ बस्ने ४७ वर्षिय धन कुमार राई, सोही गापा बस्ने हाल सुनसरी इटहरी उपमहानगरपालिका २० बस्ने ३० वर्षिय मन कुमार राई पनि सरकारी वन क्षेत्रको जग्गा खरिद विक्री गरेको आरोपमा पक्राउ परेकोछ ।
जग्गा खरिद विक्री गर्ने गिरोहले ३ विगहा ४ कठ्ठा जग्गा खरिद विक्री गरिरहेको आरोपमा पक्राउ परेको हो । उनीहरुको साथबाट १२ लाख १८ हजार नगद सहित सेन्चुरी बैंक इटहरी शाखाका एउटा चेक ३ लाख ७० हजार र अर्को चेक ३ लाख २० हजार सहित जग्गा खरिद विक्री गर्ने गिरोह पक्राउ परेको हो ।

वन क्षेत्रको जग्गा अतिक्रमण गरि पल्टिङ गरी बिक्री वितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा डिभिजन वन कार्यालय गाईघाट उदयपुरसंग समन्वय गरी ईलाक प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
यस अघि साउन ३० गते बेलका नगरपालिका ३ एकता टोल नजिकै वन क्षेत्र अतिक्रमण गरेको आरोपमा ७ जना पक्राउ परेकालाई अनुसन्धानको लागि तेसे पटक म्याद थप गरिएको छ ।

यस्तै बेलका नगरपालिकाकै योजनाअनुरुप खयर र काँस घारी मासेर करिव ४० विगहा भन्दा बढी राष्ट्रिय जंगल अतिक्रमण भएको थियो । लेमन ग्रास लगाउने योजनाअनुरुप सो जमिन अतिक्रमण भएको थियो । त्यसक्रममा पनि वन कर्मचारी र स्थानीय विच धरपकडको स्थिती सृजना भएको थियो ।

अहिले उक्त अतिक्रमित जमिनलाई वन कर्मचारीकै सल्लाह वमोजिम सामुदायिक वनमा हस्तान्तरण गरिएको छ । अहिले उक्त सामुदायिक वनले नविकरण समेत गरेको छैन भने वनमा के भईरहेको छ त्यस्तो कुनै कार्ययोजना समेत पेश गरेको छैन् ।
अहिले सो जमिनमा लेमन ग्रास लगाईएको भनिएपनि सुख्खा बालुवा जमिन भएकोले अधिकांश लेमनग्रास मरेर गएका छन् ।

यो सामाचार पढ्न छुटाउनु भयो कि ?

 

तपाईको प्रतिक्रिया