उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ एकता टोल नजिकै वन अतिक्रमण गरेको आरोपमा पक्राउ परेको ७ जना विरुद्ध जिल्ला अदालतले पुनः १० दिनको म्याद थप गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय जयकुमार माझी, खगेन्द्र माझी, नरेश माझी, धनबहादुर राई, अनुप राई, विकास राई र इसाक याक्खा विरुद्ध  शनिबारबाट लागू हुने गरी पुनः १० दिनको म्याद थप गरेको हो । यस अघि दुई दिनको म्याद थप गरिएको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए ।
पक्राउ परेकाहरु प्रत्यक्ष वन अतिक्रमणमा संलग्न भएको पाइएकोले पुनः म्याद थप गरी अनुसन्धान भईरहेको साहले बताए । त्यस क्षेत्रमा वन अतिक्रमण तथा वन चोरी तस्करीमा केही गिरोह नै सक्रिय रहेकाले वनले गस्तीलाई तिब्रता दिएको पनि साहले बताए ।
सम्बन्धित सामाचार

वन अतिक्रमण गरेको आरोपमा पक्राउ परेका ७ जनालाई म्याद थप

वन अतिक्रमण गरेको आरोपमा ७ जना पक्राउ

तपाईको प्रतिक्रिया