राजेन्द्र महतो, लहान । कोरोना भाइरसको संक्रमण अझै पनि समुदायस्तरमा फैलिरहेकोलाई न्यूनीकरण गर्न आवश्यक देखिएको हुँदा पुनः निशेधाज्ञा लम्बाइएको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञाको भदौ १५ गते सोमबार राति १२ बजे समाप्त हुने भएकोले भदौ २७ गते राति १२ बजे सम्मको लागि पुनः थप गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिएका छन् ।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको प्रजिअ कणेलले बताए ।
अबको निषेधाज्ञाको अवधिमा अत्यावश्यक खाधान्न, ग्यास, तरकारी, फलफूल, मासु जस्ता सेवा प्रदान गर्ने पसलहरु बिहान ५ बजे देखि ९ बजेसम्म खोल्न पाइने भएको छ ।
त्यस्तै बैक तथा वितिय संस्था हरु बिहान १० बजे देखि दिउँसो १ बजे सम्म संचालन गर्ने, सरकारी सार्वजनिक तथा गैर सरकारी क्षेत्रका कार्यालयहरुले आन्तरिक कार्य सम्पादन गर्ने तथा पदाधिकारी वा कर्मचारीहरुले सम्बन्धित निकायबाट जारी अधिकारीक परिचय पत्र देखाई बिहान ९ बजे देखि १०ः३० बजे सम्म र साँझ कार्यालय समयको आधा घण्टा पहिले र आधा घण्टा पछि सम्म आवतजावत गर्न पाइने छ ।
निषेधाज्ञा अबधि भर हरेक स्थानीय तहमा साविक हाट बजार लाग्ने दिनहरुमा अत्यावश्यक वाहेकका कुनै पनि पसलहरु नखोल्ने तथा अति आबश्यक पसलहरु वाहेकले बिहान ८ बजे देखि बिहान ११ बजे सम्म विक्रेताले अनिवार्य मास्क, पन्जा तथा विक्री स्थल मा विक्री गर्ने दुरी कम्ती मा २ मिटर कायम गरि आलो पालो विक्री गर्ने व्यवस्था भएको हुनुपर्ने, क्रेताले अनिवार्य रूपमा मास्क लगाए को भएमा मात्र खरिद विक्री गर्न स्थान मा प्रवेश गर्न दिने तथा विक्री स्थल अगाडि हाथ धुने साबुन, पानी र स्यानिटाइजर को ब्यबस्था भएको हुने शर्त मा बिहान ८ बजे देखि बिहान ११ बजे सम्म संचालन गर्न पाइने छ ।
सिरहामा कोरोना संक्रमणबाट ७ जनाको निधन भई सकेको छ ।









