राजेन्द्र महतो, लहान । सिरहाको सुखिपुर नगरपालिकामा कोरोना भाइरसबाट मृत्यु भएका एक पुरुषको शव नेपाली सेनाले व्यावस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेका छन् ।
सुखिपुर नगरपालिका ८ का अन्दाजी ५८वर्षीय पुरुषको विहिवार राति धरानमा उपचारको क्रममा मृत्यू भएकाको शव व्यावस्थापनमा अवरोध भएको हो। मृतकको शव शुक्रबार विहान सिरहाको सुखिपुर नगरपालिका स्थिय गागन नदीमा नेपाली सेनाले व्यवस्था गर्न खोज्दा स्थानीयले अवरोध गरेका हुन् ।
सुखीपुर नगरपालिकाका स्थानीय प्रदिप यादबले शव व्यवस्थापनका लागि सेनासँगै एसपी, मेयर र वडाध्यक्ष समेत पुगेका थिए । तर सार्वजनिक ठाउँमा शव व्यवस्थापन गर्न खाल्टो खन्न लाग्दा स्थानीयले विरोध गरेको थियो । त्यहा करिब १० बजेदेखि नै नेपाली सेना हैरान बनेका छन् ।
आफु मृतकको आफ्न्त रहेको भन्दै स्थानीयले अवरोध गर्दा प्रशासनले शव जिम्मा लिन दबाब दिन थालेको गुनासो गरेका छन् । स्थानियले सुखिपुर न. पा. -८ स्थित रहेको गागन खोलामा शव ब्याब्स्थापन अन्य ठाउँमा गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया