वरिष्ठ पत्रकार चेम्जोङको ‘उदयपुरको ईतिहास’ पुस्तक लोकार्पण
उदयपुर । नेपालको सताब्दि पुरुष तथा ईतिहासविद् सत्यमोहन जोशीले वरिष्ठ पत्रकार कौशल चेम्जोङद्वारा लिखित ‘उदयपुरको ईतिहास’ पुस्तकको विमोचन गर्दै उदयपुरको इतिहास नेपालको इतिहास हो भन्नु भएको छ । उदयपुरको गहन ईतिहास बोकेको पुस्तकमा लामो अध्यायन, खोज र संस्लेशन प्रष्ट झल्किएकाले यो नेपालकै ईतिहासमा दर्ज हुने वताउनु भयो ।
त्रिभुवन विश्वविद्यालयका ईतिहास विभाग प्रमुख प्राध्यापक डक्टर राजकुमार पोखरेलले ने...













