उदयपुर । उदयपुरमा लागूऔषध सहित एक युवक पक्राउ परेको छ । अवैध लागूऔषध नियन्त्रण अभियान अन्तर्गत आइतबार विहान त्रियुगा नगरपालिका ५ बस्ने २५ वर्षिय प्रदिप शाक्य थारुलाई निन्त्रयणमा लिएको छ ।
शंकास्पद अवस्थामा हिड्दै गरेका थारुलाई शंका लागि चेकजाँच गर्दा फेनारगन ३० एम्पुल, नोफिन ३० एम्पुल र डाइजोल्याब ३० एम्पुल गरी ९० एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जानकारी दिए ।
पक्राउ परेकोमाथि थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।









