उदयपुर । उदयपुरको छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा ३१ लाख बढीको क्षति भएको छ । आगलागी रौतामाई गाउँपालिका ४ पोखरी आलडाँडा र बेलका नगरपालिका ३ रातापानीमा आगालगी भएको हो ।
रौतामाई गाउँपालिका – ४ पोखरी आलडाँडाका कमल राईको घरमा एक्कासी आगोलागी हुँदा घरभित्र रहेको नगद, सुनचाँदी, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, काठपात तथा कागजपत्रहरु जलेर नष्ट हुँदा भएको प्रहरीले जनाएको छ । ढुङ्गा, माटो र फुसको छानो भएको २ वटा २ तले घर र एउटा गोठ जल्दा गोठमा भएको भैंसी १ वटा, सुंगुर १ वटा, कुखुरा ८ वटा जलेर नष्ट हुँदा करिव १६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । आगो के कसरी भयो एकिन खुल्न सकेको छैन् ।
यस्तै बेलका नगरपालिका ३ रातापानीमा सुमित्रा खत्रीको ७ वर्षिय छोरा रोशन खत्रीले आगो बाल्ने लाइटर खेलाउँने क्रममा परालको कुन्युमा आगो सल्किन गई नजिकैको घर पनि जलेको प्रहरीले जनाएको छ । आगलागीबाट खत्रीको काठको बेरा भएको टिनको छानो भएको दुई तले घर, गाई गोठ, बाख्रा खोर समेत जलेर नष्ट भएको छ । यस्तै घर भित्रका भाडा वर्तन, लत्ताकपडा, अन्नपात, नगद, सुन आधा तोला, महत्वपुर्ण काजपत्र, खसी एक वटा र बाख्रा एक वटा पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिव १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा करिव ५ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको घट्ना सम्बन्धमा अन्य अनुसन्धान भईहरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया