उदयपुर । उदयपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

जिल्लाको त्रियुगा नगरपालिका–११ का बस्ने प्रमिला सहनीको पसलबाट लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ परेको हो ।प्रमिलाको पसलमा लागुऔषध गाँजा विक्रि वितरण भईरहेको छ भन्ने विषेश सुचनाको आधारमा खटेको प्रहरीले सिरहा जिल्लाको लहान नगरपालिका–१७ घर भई हाल त्रिनपा–११ बस्ने ५५ वर्षीय राज कुमार सहनी, २५ वर्षीय प्रमिला सहनी र २० वर्षीय लक्ष्मण सहनीलाई चार सय ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका (एसपी) भिम बहादुर दाहालले जानकारी दिए ।पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया