उदयपुर । उदयपुरमा सोमबार विहान साढे ५ बजेको समयमा ६ बोरा अवैध सुर्ति बरामत भएको छ । त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितमा काठमाण्डौबाट गाईघाट तर्फ आउँदै गरेको बा.४ ख ८६४३ नम्बरको बसलाई प्रहरी चौकी लालपत्ताबाट खटिएको बिशेष प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा अबैध सुर्ति बरामत भएको हो ।
बसमा ६ बोरा सुर्ति फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि करदाता सेवा कार्यालय उदयपुर,गाईघाट पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भिमहादुर दाहालले बताए ।









