उदयपुर । उदयपुरको बेलका नगरपालिका ९ जरायो खोला स्थित मदन भण्डारी राजमार्गमा आइतबार साँझ अवैध काठ सहित दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा काठ धनी सुनसरी बराहाक्षेत्र नगरपालिका २ बयरवन बस्ने ३६ वर्षिय धनु राई र ट्याक्टर चालक २४ वर्षिय कृष्ण बहादुर शाही ठकुरी रहेका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१त ७९१६ नम्बरको ट्याक्टर सहिते साल जातको फर्निचर लोबेड १ थान, बक्स प्लङ १ थान, आराम चियर १ थान, बेन्च १ थान गरी अन्दाजी मूल्य एक लाख बराबर अवैध ल्यादै गरेको सामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । अवैध काठ, काठ धनी, ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कार्बाहीको लागि सव डिभिजन बन कार्यालय उदयपुर रामपुर ठोक्सिलामा बुझाएको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया