उदयपुर । उदयपुरमा प्रहरीले प्रतिबन्धित लागूऔषधि सहित एक युवालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको विशेष प्रहरी टोलीले सिराहाको मिर्चैया नगरपालिका ६ बस्ने २८ बर्षिय ब्रमदेव यादवलाई पक्राउ गरेको हो ।मिर्चैयावाट कटारी तर्फ आउदै गरेको स.८ प.४५३७ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा डाईलेक्स– डिसी २७ थान सहित मोटरसाईकल नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डिएपी) हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । पक्राउ पछि यादवलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कटारी उदयपुरमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया